२७ जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकपमा आज भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई देश बीचको खेल हेर्न समर्थक निकै आतुर हुन्छन् ।
यसका लागि ठूलो रकम खर्च गर्न समेत समर्थक पछि पर्दैनन् । न्युयोर्कस्थित यो रंगशाला करिब ३४ हजार दर्शक क्षमताको हो ।
Advertisement
विश्व क्रिकेट जगतमा यी दुई देशको प्रतिस्पर्धालाई भिडन्तको रुपमा पनि हेर्ने गरिन्छ । उक्त खेल आज आइतबार नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ । भारत र पाकिस्तानले पहिलो पटक अमेरिकामा क्रिकेट खेल्दैछ ।
यो खेलको लागि टिकट मूल्य पनि निकै महँगो भएको बताइएको छ ।

















टिप्पणीहरू