१२ जेठ, काठमाडौं । नेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन बिभागले सरकारलाई उपभोक्ता अदालत गठन लगायत विभिन्न बिषयमा सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
पार्टीका पोलिटव्युरो सदस्य तथा विभाग प्रमुख जितु गौतमको नेतृत्वको टोलीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
Advertisement
सो अवसरमा मन्त्री गिरीले उपभोक्ता अदालत गठनका लागि बजेट ब्यवस्थापन गर्न आवश्यक पहल गर्ने तथा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका सबै बिषयमा आफू अत्यन्त सकारात्मक रहेको बताएको विभाग सचिव मोहिनी खनालले बताए ।
उक्त टोलीमा विभागका सचिव मोहिनी खनाल, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष तथा विभागका सदस्य ज्योति बानियाँ लगायत विभागका अधिकांश सदस्यहरूको सहभागिता रहेको थियो ।
















टिप्पणीहरू