२२ बैशाख, काठमाडौँ । सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा क्यानडाले तीन भारतीय नागरिकहरूलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
यो घटनाले भारत र क्यानडा बीच ठूलो कूटनीतिक विवादको विषय समेत बनेको बीबीसीले उल्लेख गरेको छ ।
Advertisement
गत वर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै मुखौटाधारी बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए ।
क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको थियो । तर दिल्लीले क्यानडाले लगाएका आरोप अस्वीकार गरेको थियो ।
Advertisement
प्रहरी उपरीक्षक मनदीप मुकरले शुक्रवार दिएको जानकारी अनुसार पक्राउ पर्नेहरू २२ वर्षीय करण बरार, २२ वर्षकै कमल प्रीत सिंह र २८ वर्षीका करण प्रीत सिंह रहेका छन् ।
तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए । उनीहरू बसेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको उनले बताए ।
Advertisement
अदालतको अभिलेख अनुसार तीनै जनालाई नियोजित हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना विगत तीनदेखि पाँच वर्षयता क्यानडामा बस्दै आएका थिए ।
टिप्पणीहरू