१४ चैत्र, कास्की । सरकारी कागजातहरू चोरी गरेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
गत चैत १२ गते राति करिब साढे तीन बजेको समयमा पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको पोखरा महानगरपालिकाको भण्डारको रूपमा रहेको र हाल सहरी स्वास्थ्य केन्द्रको भवनबाट कागजात चोरी भएका थिए ।
Advertisement
चोरीमा संलग्न पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुवीर थापा मगर र २९ वर्षीय सरोज थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।
उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन । दुवै जनालाई चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
Advertisement
उनीहरूले भवनको ताल्चा फुटाएर पोखरा महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेका थिए । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै जाँदा कागजात सहित उनीहरूलाई पक्राउ गरेको हो ।
टिप्पणीहरू