Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लागूऔषध दुर्व्यसनमा फसेकाहरूलाई समाजमा पुर्नस्थापना गराउँदै आसरा सुधार केन्द्र

    २२ फाल्गुन, काठमाडौं । लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई समाजमा पुर्नस्थापना गराउन रानीबारी स्थित नेपाल प्रहरीको आसरा सुधार केन्द्र सक्रिय छ । उर्जाशील युवाहरू समेत दुर्व्यसनमा फसेको खण्डमा व्यक्ति, परिवार, समाज र देशलाई समेत नराम्रो असर गर्छ । त्यस्ता व्यक्तिहरूलाई उपचार र सुधारको माध्यमबाट समाजमा पुर्नस्थापना गराउन केन्द्र स्थापनाकाल देखिनै क्रियाशील रहँदै आएको छ ।

    आसरा मुनाफा रहित संस्था हो । सामाजिक सेवाको भावले केन्द्रले काम गर्दछ । लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल बढाउने र लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउन पहल गर्दछ । सचेतना कार्यक्रमहरू संचालन गर्दछ । प्रयोगकर्ताहरूलाई उपचार गरी घर, परिवार र समाजमा पुनःस्थापना गर्ने गर्दछ । सीप मूलक कार्यमा सहभागी गराई स्वावलम्बी बन्न सिकाउँछ । लागूऔषध प्रयोगबाट हुने रोगहरूबारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता उद्देश्य केन्द्रका रहेका छन् ।

    Advertisement

    उपचारका लागि केन्द्रमा आवासीय सुविधासहित निश्चित शुल्क र तोकिएको प्रकृया पूरा गरी भर्ना गरिने व्यवस्था छ । हाल एक पटकमा १ सय २० जना सम्म भर्ना लिन सक्ने सिट क्षमता रहेको छ ।

    उपचार अवधि न्यूनतम ४ महिनाको हुने गर्दछ । केन्द्रमा आर्थिक वर्ष २०७४/०७५ मा २८४ जना, आर्थिक वर्ष २०७५/०७६ मा २७० जना, आर्थिक वर्ष २०७६/०७७ मा २२३ जना, आर्थिक वर्ष २०७७/०७८ मा ३२५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ३६४ जना, आर्थिक वर्ष २०७९/०८० मा ३३४ जना र चालु आर्थिक वर्षमा १९४ जना भर्ना भई उपचार गराएका थिए ।

    Advertisement

    तीमध्ये हाल ११० जना उपचाररत छन् । उपचार अवधि पूरा गरी घर फर्किएका मध्ये ५० प्रतिशत भन्दा बढिले पूरा सफलता पाएको अनुगमनको क्रममा एकिन भएको छ । केन्द्रको स्थापनाकालदेखि हालसम्म जम्मा ६ हजार ७२ जना भर्ना भई उपचार सेवा प्राप्त गरेका छन् ।

    लागूऔषध प्रयोगकर्ताहरू आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइन्छ । जसको कारण कतिपयको जीवन तहसनहस भएको छ । आर्थिक र सामाजिक अपराध बढ्ने गरेको छ ।

    Advertisement

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले भने, ‘लागूऔषध दुर्व्यसनबाट हुने अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न केन्द्रले महत्वपूणर् भूमिका निर्वाह गर्दै आइरहेको छ । केन्द्रले संचालन गर्ने सचेतना र अभिमुखिकरण कार्यक्रमले निकै सहयोग पुर्‍याएको छ । केन्द्रको प्रभावकारितालाई मध्यनजर राखी केन्द्रलाई अझ सुविधा सम्पन्न, सेवामुखी, आत्मनिर्भर र समय सापेक्ष बनाउँदै समाजमा सशक्त पहिचान कायम गर्ने उद्देश्य रहेको छ । यसका लागि पूर्वाधार थप्दै लैजानुका साथै सेवालाई ७ वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको छ ।’

    आर्थिक वर्ष २०५४/०५५ देखि आर्थिक वर्ष २०७९/०८० सम्म २० वर्षदेखि मुनिका १ हजार ३४५ जना, २१ देखि ३० वर्ष सम्मका २ हजार ७९१ जना, ३१ देखि ४० वर्ष सम्मका १ हजार १७७ जना, ४१ वर्ष भन्दा माथिका ५६५ जना गरी कुल ५ हजार ८७८ जना भर्ना भई उपचार गरेका छन् ।
    तथ्याङ्क विश्लेषण गर्दा २१ वर्षदेखि ३० वर्ष उमेर सम्मका सबै भन्दा बढि र ४१ वर्षदेखि माथि सबै भन्दा कम लागूऔषध प्रयोगकर्ताहरूले उपचार सेवा लिएका छन् । तीमध्ये शैक्षिक योग्यताको आधारमा साधारण लेखपढ १ हजार ६०४ जना, एसएलसी १ हजार ७३६ जना, प्रमाणपत्र तह १ हजार ८४० जना, स्नातक ५७६ जना, स्नाकोत्तर १०८ जना र एमबिबिएस १४ जना छन् । तथ्याङ्क विश्लेषण गर्दा शैक्षिक योग्यतामध्ये प्रमाणपत्र तह समूहका सबै भन्दा बढि र सबै भन्दा कम एमबिबिएस समूहका रहेको देखिन्छ ।

    Advertisement

    लागूऔषधको नशामा लागेका व्यक्तिहरूलाई पुनर्जीवन प्रदान गर्न केन्द्रमा मेडिकल युनिटको व्यवस्थाको साथै आवश्यकता अनुसार अभिभावकको परामर्शमा थप उपचार प्रकृया अवलम्वन गर्ने व्यवस्था छ । साथै योगाभ्यास, विभिन्न खेलकुद, शरीरिक व्यायम, व्यक्तिगत परामर्श, सामूहिक परामर्श, नैतिक शिक्षाका कक्षाहरू तथा प्रश्नोत्तर, लेखन कला, विविध भूमिका निर्वाहको बारेमा प्रयोगात्मक कक्षाहरू संचालन गरिन्छ । पारिवारिक र सामाजिक समन्वय समेत गरिन्छ ।

    प्रहरी नायव महानिरीक्षक ढकालले भने, “अपराध न्यूनीकरण र दुर्व्यसनीलाई समाजमा पुर्नस्थापना गर्ने उद्देश्यसहित केन्द्रले सामाजिक सेवाको रूपमा उदाहरणीय काम गरिरहेको छ । २१ देखि ३० वर्ष उमेर र प्रमाणपत्र तह अध्ययन गरेको संख्या तथ्याङ्कले सबै भन्दा बढि देखाएको समूहलाई लक्षित गरी काम गर्न केन्द्र सक्रिय छ ।”

    हाल नेपाल प्रहरी श्रीमती संघको संचालन र सुपरिवेक्षणमा रानीबारीको साथै हालै स्थापना भएका सुनसरीको धरान र कैलालीको धनगढी शाखाबाट सेवा प्रदान हुँदै आएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »