Close sidebar
  • ताजा
  • लोकप्रिय
  • साउदीमा मदिरा उत्पादन गरेको आरोपमा सयौंको नेपाली जेलमा

    २९ माघ, काठमाडौँ । साउदी अरबमा मदिरा सेवन र उत्पादन गरेर विक्री वितरण गरेको आरोपमा सयौंको संख्यामा नेपालीहरु जेल परेका छन ।

    बैदेशिक रोजगारको शिलसिलामा करिब चार लाख नेपाली साउदी रहेका बीबीसीले दावी गरेको छ । आम्दानी हुने लोभमा नेपालीहरु मदिरा सेवन र वेचविखन सम्बन्धित कसुरमा पर्ने गरेका नेपाली राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले बताए ।

    Advertisement

    यद्यपी श्रम गन्तव्य प्रस्थान गर्नुअघि ती देशहरुमा गर्न नहुने गतिविधिहरु बारे नेपाली श्रम अधिकारीहरुले अभिमुखीकरण गर्ने गरेका छन । तर यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता रहेको अधिकारीले नै बताउँछन ।

    रियाद स्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबको जेल प्रशासनले उपलब्ध गराएको आँकडालाई उद्धृत गर्दै करिब ४ सय ८० नेपाली उक्त खाडी देशका जेलहरूमा रहेको जनाएको छ ।
    सचिव गिरीले वास्तविक सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने बताए ।

    Advertisement

    सात दशकदेखि मदिरा माथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ ।

    ज्यानुअरीको अन्तिम साता साउदी अरबले गैर मुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिन लागेको घोषणा गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »