२७ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको फागुन १ गतेदेखि शुरु हुने विधान अधिवेशनमा पेस हुने विधानको मस्यौदा माथि छलफल शुरु भएको छ ।
नेताहरुले विधानमा केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्व विकासका लागि विधि स्पष्ट हुनुपर्नेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन ।
Advertisement
शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकमा नेताहरुले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिइएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
नेताहरूले पार्टी कमिटी चुस्तदुरुस्त हुनुुपर्ने तथा केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाइनुपर्ने सुुझाव दिएका छन । माओवादी स्थायी समिति बैठक आज पनि बस्दैछ । माओवादीले विधान माथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीको विधान अधिवेशन फागुन १, २ र ३ गते हुँदैछ ।
टिप्पणीहरू