११ माघ, काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो ।
डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालुु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो ।
Advertisement
निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुुुनुका साथै विद्युुतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिए । बजारमा माग कम हुुँदा आयातमा समेत कमी आएको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।
टिप्पणीहरू