Close sidebar
  • ताजा
  • लोकप्रिय
  • त्रिवेणी जङ्गलबाट हातहतियार सहित २ जना पक्राउ

    nepal police

    ११ पौष, ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिका १ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियार सहित सोही गाउँपालिका १ सेसम्बु बस्ने २४ वर्षिय मौसम खिमदिम समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान, एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरूसहित पक्राउ गरेको हो ।

    Advertisement

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »