Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुस्ताकाे ठाडीघाट मेलामा लाखौं दर्शकले गरे अवलोकन, कुस्तीमा भारतकाे पहलवान प्रथम

    संजय कुशवाहा
    ११ मङ्सिर, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालीका वाडा नं.५ पक्लिहवाको ठाढी घाटमा संचालन गरिएको मेला सोमबार सम्पन्न भएको छ ।

    मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारत केशरी रामेश्वर पहलवान विजेता बनेका थिए भने दितृयमा भारतको हरियाणाका राहिल पहलवान विजेता भएका छन भने तितृयमा भारतको महराजगंज जिल्लाका बृजेश पहलवानले हाथ पारेका छन ।

    Advertisement

    प्रथम हुने पहलवानलाई एक मुस्ट ३२ हजार नगद दितृय हुनेलाई २० हजार नगद र तितृय हुनेलाई एक मुस्ट १० हजार नगद प्रदान गरिएको थियो । बिराट कुश्ती दंगल परतियोगीतामा कुल २२ जोडी पहलवान प्रतिष्पर्धा गरेका थिए ।

    सो वडाका वडाध्यक्ष प्रभु यादवको अध्यक्षतामा भएको निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु ) को प्रमुख अथित्यता रहेको थियो ।

    Advertisement

    सो अवसरमा सुस्ता गाउँपालिका प्रमुख टेकनराण पाण्डे , समाज सेवी ओम प्रकाश जयसवाल, संजित शर्मा, रवीन्द्र जयसवाल, कनहिया हरिजन, संतोष यादव, भरत भुवाल चौहान, नन्दकिशोर कुशवाहा लागायतको उपस्थिती रहेको थियो ।

    आउने दिनमा थाडिघाट धाम मेलालाई अझै ब्यवथस्थित बनाउनु पर्नेमा प्रदेश सभा सदस्य कलवारले जोड दिए । एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणीनदिको किनारमा कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल भारत र बिहार बाट करिब १ लाख भन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समिति ठाडि घाटले दावी गरेको छ ।

    Advertisement

    नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »