Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जानकी २ सगरा कुट्टीमा सञ्चालन हुने मेलाको तयारी अन्तिम चरणमा

    १० मंसिर, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नं. २ मा सञ्चालन हुन लागेको धार्मिक तथा सांँस्कृतिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

    धार्मिक मुल्य मान्यताका साथ प्रत्येक वर्ष कार्तिक शुक्लको पूर्णिमाकाे अवसरमा आयोजना हुने नहान मेला यस वर्षपनि सोमबार देखि शुरु हुने आयोजकले जनाएको छ । यो मेला धार्मिक रुपमा वर्षौ देखि सञ्चालन हुदैँ आएको स्थानीयले बताउँछन ।

    Advertisement

    जोगागाँउमा रहेको सगरा कुट्टीमा परम्परागत रुपमा कार्तिक पूर्णिमामा नहान मेला सोमबार देखि शुरु हुने स्थलगत अध्ययनमा पुगेका वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले जानकारी गराए ।

    यस स्थानमा शिव मन्दिर तथा नागा बाबाकुट्टी समेत रहेको छ । मन्दिरकै प्राङ्गणमा रहेको तलावमा परम्पारगत रुपमा स्नान गर्ने र मन्दिर दर्शन गरेर मेला घुमघाम गर्ने वर्षौ देखि चलिआएको छ ।

    Advertisement

    मेला मङ्सिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने व्यवस्थापन समितिले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »