३ कार्तिक, काठमाडौँ । हिन्दु समुदायका नेपालीहरुको महान चाँड वडा दशैँको आज छैठौं दिन पनि धुमधामले पूजाअर्चना गरी मनाइँदैछ ।
नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास रहेको पाइन्छ ।
Advertisement
कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिऊन् भन्ने उनको इच्छा थियो । लामो समयको तपस्या पछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन् । यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शाष्त्रिय मान्यता रहि आएको छ ।
रम्भाशुरको पुत्र महिषासुर अत्यन्त बलशाली थियो । जसको जन्म पुरुष र भैसीको संयोगबाट भएको थियो,त्यसैले उसको नाम महिषाशुर रहन गयो । उसभित्र कहिले नमर्ने ईच्छा जागरण हुन्छ र ब्रह्माजीको लामो समय सम्म तपस्या गर्दछ । यस प्रकारको कठिन तपस्याबाट खुसि भई ब्रह्मा प्रकट भई के बर माग्नको ईच्छा छ बर माग भन्दा महिषाशुरले अमर रहने(कहलै नमर्ने) बर माग्दछ ।
Advertisement
ब्रह्मजीले जन्मेपछि मर्नु पर्दछ अरु कुनै बर माग भन्दा धेरै सोचेर मलाई देवता,दैत्य र मानिस कसैले मार्न नसकुन्, म मर्नैपर्छ भने कुनै स्त्रीको हातबाट मेरो मृत्यु होस भने बर माग्यो र ब्रह्माजी पनि तथास्तु भनि अन्तध्यान हुनुभयो । ब्रह्माबाट बरदान पाई सकेपछि बहिषाशुरले आफ्नो बिशाल सेना खडा गरि पाताल लोक र मृत्युलोक जिती राज्य गर्न थाल्यो ।
त्यसको केही समय पछि त्रिलोकको राजा हुने ईच्छा जागेर देवलोकमा पनि आक्रमण गर्यो । यस युद्धमा देवता,शिब,बिश्नु सबैको हार भयो भने महिषाशुर तिनै लोकमा राज्य गर्न थाल्यो । तिनै लोकमा अत्याचार बढेको बेला भगवान् ब्रह्मा, विष्णु र महेश तीनैजनाले आ-आफ्नो तेजको अंश दिएर महिषासुरको वध गर्नका लागि देवीलाई उत्पन्न गरेका थिए । महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजा गरेका थिए ।
Advertisement
यसै कारणले पनि यिनलाई कात्यायनी भनिएको हो । भनिन्छ कात्यायनी देवीले आश्विन कृष्ण चतुर्दशीको दिन जन्म लिएर आश्विन शुक्ल सप्तमी, अष्टमी तथा नवमीसम्म जम्मा तीन दिन कात्यायन ऋषिद्वारा पूजा ग्रहण गरेर दशमीको दिन महिषासुरको वध गरेको शाष्त्रमा उल्लेख गरिएकोछ ।
माता कात्यायनी अमोघ फलदायनी हुन् । भगवान् कृष्णलाई पतिका रूपमा पाउनको लागि व्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा कालिन्दी- यमुनाको तिरमा गरेका थिए । यिनी व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् ।
Advertisement
यिनको रूप अत्यन्त नै भव्य र दिव्य छ । यिनको वणर् स्वणर्समान चम्किलो तथा भास्वर छ । यिनी चतुर्भूज रूप धारिणी छिन् । दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ ।
दुर्गा पूजाको नवरात्रि साधनाको क्रममा भगवतीको छैठौं दिनमा साधकले माता कात्यायनीको चरणमा आफ्नो सर्वस्व निवेदित गरिदिनुपर्दछ । परिपूर्ण आत्मदान गर्ने भक्तले सहज भावले माता कात्यायनीको दर्शन प्राप्त गर्न सफल हुन्छन् । माता कात्यायनीको भक्ति र उपासनाद्वारा मानिसले सहजताका साथ अर्थ, धर्म, काम, मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न सक्दछ । ऊ यसै लोकमा स्थित रहेर पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ ।
उसका रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् । दसैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको पुजा आराधाना गर्ने गरिन्छ ।

















टिप्पणीहरू