Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सरकारको दृष्टीमा नपरेको ‘कोटही माता मन्दिर’, पर्यटकीय स्थल बनाउन समाजसेवी मिश्राको प्रतिबद्धता

    संंजय कुशवाहा
    २ कार्तिक, नवलपरासी । प्रचार-प्रसारको कमी र सम्बन्धित निकायको ध्यान नपुग्दा मन्दिर ओझेलमा परेको छ । पश्चिम नवलपरासी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्रतापपुर गाउँपालिका वडा न.६ पिपरपाती स्थितमा रहेको कोटही माता मन्दिर ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूणर् मानिन्छ ।

    मानिसहरूले यस मन्दिरमा आएर भाकल गरी पूजापाठ गरे पछि भाकल पुरा हुन्छ जनविश्वास रहेको स्थानीय बताउँछन् । करिब २५ वर्ष पहिला स्थापित भएको कोटही मन्दिरमा संरक्षण सँगै विकासका लागि स्थानीयवासीका तर्फबाट प्रयास भए पनि गाउँपालिकाको जनप्रतिनिधिहरुको ध्यान यस मन्दिरमा अहिलेसम्म नपुगेकोले कोटही माताको मन्दिर ओझेलमा परेको स्थानियहरूले बताए ।

    Advertisement

    १४ वर्ष पहिला साविक गाविस गुठी परसौनीले कोटही माताको स्थानमा पक्की मुर्ति निर्माण गरिएको थियो । खुल्ला आकाश मुनि रहेको मुर्ति माथि ट्रस्ट नभएकोले मुर्ति घाम र पानी खादै आएको थियो ।

    तर दुई वर्ष अगाडि सोही गाउँपालिका वडा न.६ गुठी परसौनीका युवा समाजसेवी दिन बन्धु मिश्राले कोटही माताको मुर्ति माथि टिनको पाता लगाएका थिए । धर्मप्रति श्रद्धा भएका युवा समाजसेवी मिश्रले फेरि पनि कोटही माता मन्दिरको भुइँ पनि पक्की गरि समाजको लागि उदाहरणीय कार्य गरेका स्थानीयले बताँउछन ।

    Advertisement

    जनप्रतिनिधिले गर्ने काम युवा समाजसेवी मिश्राले गरेपछि गाउँलेहरु चौतर्फी प्रशंसा गरिराखेका छन् । मिश्राले समाज कल्याण तथा धार्मिक स्थानलाई पर्यटकीय क्षेत्र बनाउन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »