१ कार्तिक, बाँके । बाँकेको नेपालगञ्जमा थ्रीएस सर्भिस स्पेयर्स सहित स्कोडा सोरुम खुलेको छ । युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता वेस्टर्न अटो सेन्टरले नेपालगञ्जको भुजइगाँउमा सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो ।
एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन् ।
Advertisement
देशभर स्कोडा कारको उपलब्धतता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । यसैअनुरुप एमएडब्लुले नेपालगञ्जमा युरोपियन मापदण्डको नयाँ सोरुम स्थापना गरेको प्रबन्ध निर्देशक एवं सोरुपका सञ्चालक बिके श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपालमा स्कोडा गाडी प्रति ग्राहकको आकर्षण बढेको हुनले आगामी दिनमा नेपालगञ्जमा पनि यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गरे ।
Advertisement
उनका अनुसार सोरुममा स्कोडाको Active ५२ लाख ४० हजार, Ambition MT ५९ लाख ९० हजार, Ambition AT ६७ लाख ९० हजार, style MT ६९ लाख ९० हजार, style AT ७७ लाख ९० हजार, MONTE CARLO MT ७१ लाख ९० हजार, style AT ७९ लाख ९० हजार मुल्य रहेको छ ।
For More Detail Click : Skoda Slavia Final
टिप्पणीहरू