Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मुर्ती विसर्जन नहुञ्जेल सम्म शान्ति सुरक्षाको उच्च व्यवस्था गर्न बाँके प्रशासनलाई ज्ञापनपत्र

    ३० असोज, बाँके । बाँकेको नेपालगञ्जमा सान्ति सुरक्षाको कडा व्यवस्थापन गर्न जनमत पार्टीले ध्यानाकर्षण गराएको छ । नेपालीहरुको महान चाडपर्व सुरुभएको छ । नेपालगञ्जमा विगत केही दिन यताको क्रियाकलापको कारण धार्मिक द्वन्द भड्किन सक्ने अवस्थालाई मध्यनजर गर्दै बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

    जनमत पार्टी महिला संघ बाँकेले उक्त चाडपर्वको समयमा शान्ति सुरक्षाको कडा व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई ध्यानाकर्षण गराएको हो ।

    Advertisement

    जनमत पार्टी महिला संघ बाँकेकी अध्यक्ष रेखा झाले प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।

    घटस्थापनाको दिन देखि नेपालगञ्जका विभिन्न टोलहरुमा दुर्गा माताको मुर्ती स्थापना गरेर पूजा अराधना भईरहेको र विसर्जन नहुदाँ सम्म कडा निगरानी गर्नका लागि ध्यानाकर्षण गराइएको जनमत पार्टी नेपालगञ्ज नगरअध्यक्ष शुभम गुप्ताले जानकारी दिए ।

    Advertisement

    विगत केही दिन यता नेपालगञ्जको धार्मिक सदभावमा दरार आएको छ । विगतमा नेपालगञ्जलाई यसका कारण ठूलो क्षती पुगेको छ । घटस्थापनाको दिनपनि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा मुर्ती लग्नेक्रममा केही व्यक्तीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट मुर्तीमा समेत क्षति पुगेको थियो । जस पश्चात त्यहाँ पनि तनाव उत्पन्न भएको थियो । समयमै प्रहरी पुगेपछि अवस्था नियन्त्रणमा लिएको वडाध्यक्ष राजकुमार साहुले नाईल खबरलाई जानकारी दिएका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »