२७ असोज, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुदैँ आएको ऐतिहासिक रामलिला यस वर्षपनि हुने भएको छ । यस वर्ष भोलि अर्थात आइतबार देखि नवौं दुर्गा पूजा सुरु हुदैँछ । करिब १ सय ५० वर्षदेखि रामलिलाले नेपालगञ्जलाई नेपालमा मात्रै नभई छिमेकी देश भारतमा पनि चिनाउदै आएको छ ।
नेपालगञ्ज १३ मा रहेको रामलिला मैदानमा घटस्थापना देखि सञ्चालन हुने रामलिलाको सम्पूणर् तयारी पूरा भएको संचालक समितिले जनाएको छ । आइतबार देखि सुरु हुने रामलिला १ सय ५६ औं जयन्ती समारोह हो ।
Advertisement
सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिने अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए ।
भारतको वृन्दावन धामका श्री जगदिश प्रसाद शर्मा नेतृत्वको संगीतमय कलाकार टोली नेपालगञ्ज आइपुगेको सञ्चालक समितिले जनाएको छ । यस अघि १ सय ५३ र १ सय ५४ औँ संस्करण कोरोना महामारीका कारण प्रभावित भएको थियो ।
Advertisement
आइतबार दिउँसो २ बजे रामलीला मैदानबाट शोभा यात्रा आरम्भ हुनेछ । यस्तै साँझ ८ बजे नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला महोत्सवको समुदघाटन गर्ने कार्यक्रम तय भएको छ । रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ ।
‘श्री राम’ एउटा आस्था पुञ्जमात्रै होइन युगपूरुषका रुपमा पुज्य धार्मिक केन्द्र मानिन्छ । तिनै युगपुरुष पुरुषोत्तम भगवान श्रीरामलाई जीवन्त प्रस्तुत गर्दै मानवजीवनलाई कर्तव्यबोध गराउन नेपालगन्जमा अद्भूत कला प्रस्तुत हुँदै आएको छ । धार्मिक आस्थाले मानव सभ्यतालाई मर्यादित बनाउँछ । अनुशासित जीवन पद्धतिका लागि पनि यो अपरिहार्य हुन्छ ।
Advertisement
ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन कुनै कसर बाँकी नराखिएको रामलिला सञ्चालक समितिले जनाएको छ ।
सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदैआएको यो कला नेपाली माझ जति परिचित छ, त्यो भन्दा कयौं गुना भारतीयहरु बीच लोकप्रिय छ । भारतको विभिन्न राव्यबाट लाखौं श्रद्धलु रामलिला दर्शनका लागि आउने गर्छन ।
Advertisement
– तस्विर विशाल फोटोग्राफी/फाईल तस्विर
टिप्पणीहरू