Close sidebar
  • ताजा
  • लोकप्रिय
  • तस्कर विरुद्ध कठोर बन्दै सशस्त्र प्रहरी निरीक्षक सापकोटा

    संजय कुशवाहा
    १० असोज, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा बेवारिसे अवस्थामा राखिएको अवैध रस्कट बरामद भएको छ ।

    भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर सिमा नजिक नेपालतर्फ  बेवारिसे अवस्था  राखेको २६ बोरा रस्कट सशस्त्र प्रहरी  टोलिले जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मौल स्थितबाट मंगलबार राति बरामद गरेको हो ।

    Advertisement

    नेपालबाट भारत तर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गर्ने  तस्करहरुले भारतबाट अवैध रूपमा रस्कट नेपाल भित्राई दशगजाको छेउमा राखेको अवस्था सुचना प्राप्त भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक संतोष सापकोटाको नेतृत्वमा खटिएको  टोलीले रस्कट बरामद गरेको  हो ।

    उक्त बरामद गरेको रस्कट करिब ७८ हजार मुल्य बराबरको रहेको छ भने  बरामद भएको अवैध समान आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पठाउने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल गण नं २६  हे.क्वा पश्चिम नवलपरासीले जनाएको छ ।

    Advertisement

    सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनी विओपीमा सशस्त्र प्रहरी निरिक्षक सापकोटाले आएदेखि अबैध काम गर्नेमाथि धमाधम एक्सन लिँदै आएका छन् । भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ अबैध रुपमा आयातनिर्यात गर्ने  सक्रिय गिरोहहरूको भागाभाग भएको हो ।

    सशस्त्र प्रहरी निरीक्षक सापकोटाले गुठी परसौनी विओपीमा आएपछिको यो छ महिना बीचको अवधिमा २१ लाख भन्दा बढीको तस्करीकाे सामान बरामद भैसकेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »