१५ भदौ, बाँके । माओवादी केन्द्रले भोलि देखी तीन महिने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ सुरु गर्ने भएको छ ।
देशभरका ७ हजार २ सय ४३ वडाहरुमा एकसाथ सुरु हुने यो अभियान बाँकेका स्थानीय तहहरुमा समेत थाल्ने कार्ययोजना तय गरिएको छ । बाँकेका ८१ वटा वडाहरुमा पनि भोलि यो अभियान सुरु गर्ने माओवादी केन्द्रले शुक्रबार नेपालगञ्जमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
Advertisement
शनिवार बाँकेका आठ वटै पालिकाहरुमा पुर्वकार्य योजना अनुसार प्रभावकारी रुपमा यो अभियानलाई शुरु गर्ने माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जानकारी गराए । उनले ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मुल मन्त्रका साथ बाँकेका ८ वटै पालिकाहरुका ८१ वटा वडाहरुमा एकसाथ अभियान उद्घाटन गर्ने तयारी रहेको बताए ।
माओवादी केन्द्र बाँकेले पत्रकार सम्मेलन मार्फत तीन महिने अभियानका विषयमा कार्ययोजना समेत सार्वजनिक गरेको छ ।
Advertisement
कार्ययोजना अनुसार ६ वटा एजेण्डामा आधारित रहेर गतिविधिहरु संचालन गर्ने पाण्डेले जानकारी गराए । एजेण्डामा राजनितिक बैचारिक कार्य, संगठन सम्बन्धी कार्य, संघर्ष तथा जनसम्बन्ध बारे कार्य, प्रचारात्मक कार्य, आर्थिक उत्पादन सम्बन्धमा, अभियान, उत्घाटन तथा समापन सम्बन्धमा समेटिएको छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार बिहान ९ बजे भर्चुअल माध्यमबाट ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ को उद्धघाटन गर्ने कार्य तालिका रहेको पार्टीले जनाएको छ ।
Advertisement
नेकपा माओवादी केन्द्रका स्थायी सिमित सदस्य एवं बाँके जिल्ला अभियान ईन्चार्ज कुल प्रसाद केसी (सोनाम)ले पार्टीका अध्यक्षले देशैभर एक साथ अभियान उद्घाटन गरेपछि जिल्ला, पालिका र वडास्तरका गतिविधिहरु संचालन हुने जानकारी गराए । उनले यस अभियान अन्र्तगत पार्टीबाट विभिन्न कारण अन्य पार्टीमा गएकाहरुसंग आफ्नो घरमा पुन फर्किन आग्रह गर्ने, विभिन्न दलहरुका राजनितिक व्यक्तित्वहरु संघ भेटघाट गर्ने, विगतमा भएका कमजोरी प्रति आत्मालोचना गर्ने र माओवादीलाई साथ दिन आग्रह गर्ने जानकारी गराए ।
माओवादी केन्द्र बाँकेको तीन महिने कार्ययोजना यस प्रकारको छ । पूर्ण पाठ सहित
१. राजनितिक बैचारिक कार्य :
Advertisement
- प्रशिक्षण मूलक पालिका र वडा पार्टी कामिटिहरुका बैठकहरु सम्पन्न गर्ने ।
- सबै ज ब सहरुका टोल, वडा, पालिका र जिल्ला स्तरका भेला सम्मेलन गर्ने ।
- पार्टी रुपान्तरणका लागि हरेक कमिटिमा अन्तरक्रिया छलफललाई व्यापक बनाउने ।
- राष्ट्रियता स्वाधिनता, संघियता र पहिचानको विषयमा सबै तहमा विशेष अन्तरक्रियाको अयोजना गर्ने ।
- प्रध्यापाक शिक्षक, कर्मचारी, बुद्धिजिवीहरुसँग भेटघाट अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
- सरकारले गरेका राम्रो काम आम जनता सामू पुऱ्याउन विभिन्न विधिको प्रयोग गर्ने ।
- सुशासन, समृद्धिको सवालमा जनप्रतिनिधिसंग विशेष अन्तरक्रियाको आयोजना गर्ने ।
- विचारमा स्पष्टताका लागि पालिका र वडा कमिटिसम्म स्कुलिङ आयोजना गर्ने ।
- पार्टी कार्यदिशा योजना सम्बन्द्धमा एकरुपता कायम गर्नकालागि विशेष छलफलको अयोजना गर्ने ।
- पार्टीका हरेक कमिटिहरुमा देखा पर्ने विभिन्न प्रकारका गलत प्रावृतिका विरुद्ध निर्मम पूर्वक आत्म अलोचनाको विधिलाई वैज्ञानिक
- ढंगले प्रयोग गर्ने ।
- अनुशासन, विधि, विधान र पद्धतिबारेमा हरेक कमिटिमा विशेष छलफलको योजना गर्ने ।
२. संगठन सम्बन्धि कार्यः
- पालिका कामिटिहरुका बैठक भाद्र ९ गते सम्म गरिसक्ने ।
- ८१ ओटा वडा कमिटिका बैठक भाद्र १२ गते सम्पन्न गरिसक्नु पर्ने ।
- सबै ज व समोर्चाका जिल्ला स्तरमा भाद्र १० गते संयुक्त बैठक बस्ने ।
- ८१ ओटा वडाले पार्टी सदस्यताको नविकरणको कामलाई व्यवस्थित गर्ने ।
- टोल र सेल कमिटिहरु आवश्यकता अनुसार गठन पुनः गठन गर्ने
- अभियानको अन्तिम चरणमा आइपुग्दा पार्टीको वडा कमिटि र पालिकाहरुको सम्मेलन गर्ने ।
- सबै तहका बैठकहरु अनिवार्य बस्ने ।
- सबै ज.ब. स./मोर्चाहरुका जिल्ला, पालिका, वडा र टोल इकाईसम्मका कमिटिहरु गठन गर्ने ।
- सबै पालिकाहरुले अभिलेखलाई व्यवस्थित गर्ने ।
- सबै तहमा रहेका कमरेडहरुको अभियानको क्रममा सबैको जिम्मेबारी ठोस गरेर जाने ।
३. संघर्ष तथा जनसम्बन्ध बारे कार्य :
- नकरशाही दलाल, भ्रष्टाचारी, मिटर व्याजी किर्ते जालसाझीहरुलाई सामाजिक रुपमा नङ्याउने कार्यलाई तिव्र रुप दिने ।
- सरकारले भ्रष्टाचारी, तस्करी, घुस खोरी र किर्ते जालसाझी फटाहाहरुलाई जनसमर्थनका लागि वडा स्तरमा नारा जुलुसको आयोजना गर्ने ।
- प्रत्येक पार्टी सदस्यको घर घरमा पुगी पार्टिको कार्यदिशालाई बुझाउने ।
- शहिद बेपत्ता परिवार, घाइते योद्धाहरुसँग विशेष भेटघाट गरी भावनात्मक सम्बन्धलाई विस्तार गर्ने ।
- जनयुद्धका योद्धाहरु संगठनमा आवद्ध नभएको खण्डमा आवश्यक छलफल गरी जिम्मेवारी दिने बारे विशेष पहल गर्ने ।
- शहिद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रमको आयोजना गर्ने ।
- जनयुद्ध तथा जन अन्दोलनका घाइते योद्धाहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्ने ।
- स्थानीय स्तरमा आम जनसमुदाय र पार्टी पंक्तीमा आउने समस्या समाधानका लागि विशेष पहल गर्ने ।
- भारतिय सिमावर्ती क्षेत्रका जनताका समस्याहरु बुझी समाधानका लागि विशेष पहल गर्ने ।
- विरुवा वृक्ष रोपणका कार्यलाई अभियानको योजनामा जोडेर लैजाने ।
- निकुञ्ज वरीपरिका पिडित जनसमुदाय र बाढी पिडितहरुको समस्या समाधानमा केन्द्रित भएर लाग्ने ।
४. प्रचारात्मक कार्य :
- जिल्ला स्तरमा ११५ जनाको आई टि प्रचार टिमको निर्माण गर्ने ।
- वडा इन्र्चाजसम्मको जिल्ला स्तरीय Whatsapp group, : messenger group को निर्माण गर्ने ।
- अभियान अवधिभर भएका कामकार्यको अभिलेखीकरण गर्ने ।
५. आर्थिक उत्पादन सम्बन्धमा :
- अभियानकोष निर्माण गर्ने ।
- सबै कमिटिका लेवी व्यवस्थित गर्ने ।
- पार्टि सदस्यता लेवीलाई नियमित गर्ने ।
- राजनिति नियुक्ति जनप्रतिनिधीहरुको विशेष लेवी १० % अनिवार्य लिने ।
- सहकारी मार्फत सामुहिक उत्पादन काममा विशेष जोड दिने ।
- जन सेवा र श्रमदानको कामलाई प्रत्येक पालिकाको वडाको एक एक ठाउँमा योजना बनाइ लागी पर्ने ।
६. अभियान, उत्घाटन तथा समापन सम्बन्धमा :
- ८१ वटा वडामा एकै पटक व्यवस्थित उत्घाटन कार्यक्रमको
- अभियानको समापन कार्यक्रमको पनि विशेष योजना बनाउने ।
- प्रत्येक दिनको समय तालिका निमाणर् गरी योजना कार्यान्वयनमा लागी पर्ने ।
- टोल, वडा, पालिका स्तरमा कार्य विभाजन वैज्ञानिक कार्य विभाजन गर्ने ।
- सुझाव संकलनको व्यवस्था गर्ने ।
- अभियानको अवधिमा आवश्कयतामा समिक्षा कार्यक्रमको आयोजना गर्ने ।
- तिन चरणमा अभियानको ठोस योजना बनाएर लाग्ने ।
- अभियानको जिल्ला सचिवालय, पालीका सचिवालय, वडा सचिवालयको गठन गरिने छ ।
टिप्पणीहरू