Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जनमत पार्टी बाँकेका ईन्चार्ज कंडेल विरुद्ध पार्टीमा हलचल, विरोधमा नेताकार्यकर्ता

    ८ भदौ, बाँके । पार्टीमा निणर्य नै नगरी जनमत पार्टी बाँकेका ईन्चार्ज तेज नारायण कंडेलले आफ्नो परिवारलाई भेरी अस्पताल संचालक समितिको सदस्यमा सिफारिस गरेको आरोपमा पार्टीमा व्यापक हलचल देखिएको छ ।

    ईन्चार्ज कंडेल मनोमानी ढंगले एकलोटी निणर्य गरेको जनाउदै उनकै नेताकार्यकर्ता सडक तताएका हुन । यति बेला जनमत पार्टीका नेताकार्यकर्ता आफ्नै जिल्ला ईन्चार्जको विरोधमा उत्रिएका छन ।

    Advertisement

    जनमत पार्टी बाँकेको साउन १५ गते नेपालगञ्ज स्थित जिल्ला कार्यालयमा केन्द्रिय सदस्य तथा बाँकेका ईन्चार्जको अध्यक्षतामा बसेको बैठकमा विभिन्न प्रस्तावहरु गरिएको थियो र त्यस माथि छलफल तथा निणर्य समेत गरिएको थियो ।

    उक्त बैठकमा संगठनको विस्तार, पार्टी संचालनका लागि लेवी उठाउने लगायतका विषयहरु प्रस्तावित गरिएको भएपनि भेरी अस्पतालमा प्रतिनिधि सिफारिस सम्बन्धमा कुनैपनि प्रस्ताव नलगेको र कुनै किसिमको निणर्य नगरिएको नगर जिल्ला परिवेक्षक शुभम गुप्ताले जानकारी गराए ।

    Advertisement

    उनले भने, ‘माईन्युटिङ्गमा प्रस्तावित र निणर्य भएको देखिएपनि हामीलाई कुनै पनि जानकारी छैन । हामी उपस्थित भएका मध्ये कोही कसैको पनि हस्ताक्षर छैन । माईन्युटिङ्गमा तेज नारायाण र उनको श्रीमतीको मात्रै हस्ताक्षर छ ।’

    गत साउन १५ गते ईन्चार्ज कंडेलले नेपाल सरकार अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारलाई सिफारिस गरेका थिए । उनले जिल्ला कार्यसमितिको निणर्य अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ निवासी जनमत पार्टीकी जिल्ला सदस्य श्रीमती पवित्रा लामिछानेलाई भेरी अस्पतालको संचालक समितिको सदस्य पदमा नियुक्तका लागि सिफारिस गरेका थिए ।

    Advertisement

    तर यता जिल्ला समितिमा त्यस्तो कुनैपनि निणर्य नै नभएको जनमत पार्टीका युवा नेता शुभम गुप्ताले जानकारी दिए ।

    नाईल खबरलाई जानकारी गराउदै उनले भने, ‘साउन १५ गते जिल्ला समन्वय समितिले बैठक बोलाएको थियो । त्यस बैठकमा महिला संगठन, नगर समिति लगायत जिल्ला भित्र रहेका केन्द्रिय नेता तथा सदस्यहरु थिए । बैठकमा लेवीका लागि मात्रै प्रस्ताव राखिएको थियो । निणर्य पश्चात हामीलाई नसोधेर ईन्चार्ज कंडेलले आफ्नो श्रीमतीलाई भेरी अस्पताल संचालक समितिको सदस्यका लागि सिफारिस गर्नुभयो । यस विषयमा हामीलाई कुनैपनि जानकारी नै छैन । थप गरिएको प्रस्ताव नं. ४ को माईन्युटिङ्गमा कंडेल र उनको श्रीमतीको मात्रै हस्ताक्षर छ ।’

    Advertisement

    ईन्चार्ज कंडेलको कदम विरुद्ध खनिएपछि लगत्तै एउटा प्रेस विज्ञप्ती मार्फत नगर तदर्थ समितिको म्याद समाप्त भएको जानकारी गराइएको नगर प्रमुख गुप्ताको आरोप छ ।

    नगर तदर्थ समितिको म्याद सम्बन्धि स्पष्ट पार्दै उनले भने, ‘नगर तर्दथ समितिको म्याद २०८० साउन २९ गते सम्म थियो । र मैले भदौ २ गते म्याद थप गर्नका लागि जिल्ला ईन्चार्जलाई निवेदन दिएको थिए । धारा ४६ (क) अनुसार ६ महिनाको नगर तदर्थ समिति हुन्छ र ६ महिना सम्म बढाउन मिल्छ ।’

    आफु गलत कदम विरुद्ध आवाज उठाएकै कारण आपसी रिसिवी राखेर ईन्चार्ज कंडेलले नगर समिति हटाएको गुप्ताको आरोप छ ।

    आफुहरुले अब यस्ता दमन सहन गर्न नसक्ने र जिल्ला ईन्चार्जले राजिनामा दिनुपर्ने माग राख्दै गुप्ताले थप भने, ‘उहाँको दमन सहन सक्दैनौं अब ! जिल्ला ईन्चार्जले राजिनामा दिनुपर्छ । एउटा सानो कुरा मनोनितको लागि नेता भएर परिवारवाद गर्नुभयो, आउने चुनावबाट उहाँ सदन सम्म पुग्नुभयो भने देश बेचेर खानुहुन्छ ।’

    जिल्ला ईन्चार्जको यस कदमले आफुहरु माथि दमन भएको अनुभुति भएको जनमतका युवा नेता राजु शेषले बताए ।

    उनले भने, ‘जिल्ला कै कार्यसमितिलाई यो विषयमा जानकारी छैन । यो सिफारिस उनको मनोमानी हो । केन्द्रले तोकेर पठाइसकेपछि मनोमानी चलिरहेको छ । यहाँ कंडेल प्रा.लि. भएको छ । कसैको केही लाग्दैन । आफ्नै राजा र मन्त्री जस्तो शासन गरिह्नुभएको छ । उहाँलाई ईन्चार्जको रुपमा हामी स्वीकार गर्दैनौं । उनलाई राजिनामा दिनै पर्छ ।’

    यति बेला जनमत बाँकेका ईन्चार्ज कंडेल माथि परिवारवाद गरेको उनको आफ्नै पार्टी सदस्यको आरोप छ । शुक्रबार जनमत पार्टीका युवा नेता शुभम गुप्ता नेतृत्वका नेताकार्यकर्ताहरुले सडकमा ईन्चार्ज कंडेलको कदम विरुद्ध नारावाजी गरका छन । उनीहरुले ईन्चार्ज कंडेल संग राजिनामा माग गरेका छन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »