८ भदौ, बाँके । पछिल्लो समय लगातार भईरहेको वर्षाका कारण बाँके, बर्दिया र कैलालीका विभिन्न खोलाहरुमा बाढी आउन सक्ने सम्भावना रहेको छ ।
पछिल्लो तीन घण्टामा बाँकेको खजुरा, नेपालगन्ज एयरपोर्ट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज बिहान ७:५५ बजे गरेको मापन अनुसार यस क्षेत्रमा भारी बर्षा भईरहेको छ ।
Advertisement
प्राधिकरणले बाँके, बर्दिया र कैलाली भई बहने स-साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटिय क्षेत्र र डुबान भईरहने होचो भू-भागमा रहनुहुने जानकारी गराउदै उच्च सतर्कता अपनाउन चेतावनी समेत दिएको छ ।
टिप्पणीहरू