Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेतृत्व परिवर्तनका लागि मुस्लिम मतदाताहरु साझा प्रजातान्त्रिक समूहलाई साथ दिने

    २६ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघका मुस्लिम मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई साथ दिने भएका छन् ।

    मुस्लिम मतदाताहरुले संघको नेतृत्वका लागि निर्वाचनमा होमिएको साझा प्रजातान्त्रिक समूहलाई साथ दिने जनाएका हुन ।

    Advertisement
    निर्वाचनमा होमिएको साझा प्रजातान्त्रिक समूह
    निर्वाचनमा होमिएको साझा प्रजातान्त्रिक समूह

    निर्वाचनको प्रचार प्रसार क्रममा मतदाताको घरदैलो पुग्दै गरेको साझा प्रजातान्त्रिक समूहलाई यस पटकको निर्वाचनमा जिताउने उनीहरुको भनाई छ । व्यवसायी बदरुद्दिन अन्सारीले अबको नेतृत्व साझा प्रजातान्त्रिकले पाउने भएकाले उनीहरुको साथ यसैलाई रहेको बताए ।

    निर्वाचनमा होमिएको साझा प्रजातान्त्रिक समूह

    ललित कुमार रौनियारको नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । संघको आसन्न निर्वाचन नजिकिए संगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ ।

    Advertisement

    प्रचारलाई तीब्र बनाएका अध्यक्ष पदका उम्मेदवार रौनियारले मुस्लिम मतदाताले आफुहरुको साथ रहेको बताएको बताएका छन । मुस्लिम समुदायको व्यक्तिले नेतृत्व गरिसकेको भन्दै मतदाताले यस पटक परिवर्तनका लागि नेतृत्व हुने बताएको उम्मेदवार रौनियारले जनाए ।

    निर्वाचनमा होमिएको साझा प्रजातान्त्रिक समूह

    मुस्लिम समुदायका मतदातामाझ राम्रैसंग परिचित रौनियारको समूहलाई यस पटक सबैतिरबाट साथ समर्थन रहेको पाइएको सदस्य पदका उम्मेदवार अतुल गुप्ताले बताए ।

    Advertisement

    उनले भने, ‘संघको निर्वाचनमा हामीले सबै मतदाताको समस्या पनि सुनिरहेका छौं । यही समस्याहरु साधानका निम्ति आफुहरुको नेतृत्वले काम गर्ने हो ।’

    संघको आसन्न निर्वाचन यही भाद्र २ गते तय भएको छ । यो क्रममा उम्मेदवारहरुको नाम पनि चयन भइसकेको र मतदाताहरुमाझ पुग्ने क्रमलाई तीब्र बनाएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »