२४ साउन, कपिलवस्तु । राष्ट्रिय स्वराज पार्टीले संगठन बिस्तारलाई तीब्रता दिएको छ । कपिलवस्तुमा पार्टीलाई जिल्ला हुदैँ पालिका, वडा तथा टोल समिति विस्तारमा तीब्र गतिमा अगाडि बढाईएको छ ।
तराई मधेशमा खास गरी बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुमा समिति बिस्तार गरिएको हो ।
Advertisement
लुम्बिनी प्रदेशबाट अभियानका रुपमा संगठन विस्तार कार्य सुरुवात गरिएको जितेन्द्र चौधरीले जानकारी गराए । उनका अनुसार यो अभियान तराईका जिल्ला हुदैँ देशभर विस्तार गर्ने र परिवर्तनका लागि संघर्ष गर्ने बताए ।
केन्द्रिय संयोजक ईरफान अहमद शेषको नेतृत्वमा केन्द्रिय नेता जाबिर हल्वाई, नेतृ जोया शेष, रोशन शाह, प्रदेश इन्चार्ज ध्रुब शर्मा, जितेन्द्र चौधरी लगायत नेताहरु संगठन विस्तारको अभियानमा दौडधुप गरीरहेका छन ।
Advertisement
विभिन्न पार्टीले युवाहरूलाई सधै प्रयोगको साधन बनाएको बताउँदै अबको दिनमा युवाहरूलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको केन्द्रिय संयोजक शेषले जनाए । कपिलवस्तुमामा आयोजित एउटा् सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
जनताले प्रत्येक्ष रुपमा भोक्दै आएको समस्याहरुलाई समाधान गर्न अबको दिनमा सडकबाट संघर्ष गर्ने संयोजक शेषले बताए ।
Advertisement
उनले भने, ‘मिसन कपिलवस्तु पूरा हुने कगारमा रहेको छ । यसमा सहयोग गर्ने सम्पूणर्मा हार्दिक नमन तथा कृतज्ञता व्यक्त गर्दुछु ।’
उनले पश्चिम मधेसको सबै जिल्लाहरुमा संगठन विस्तार भईसकेको र अब पूर्वी जिल्लाहरुमा विस्तार गर्ने योजना रहेको बताए ।
टिप्पणीहरू