२४ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि उम्मेदवारी दिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोडका मतदाताहरुसंग भेटघाट गरेको छ ।
संघको आसन्न भदौ २ गते हुने निर्वाचनलाई केन्द्रित हुदैँ प्रजातान्त्रिक समूहले बुधबार बिहान नेपालगञ्ज न्यूरोडका मतदाताहरु माझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ ।
Advertisement
अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरु संग भेट्दै आफ्ना प्रतिबद्धताहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूहमाथि आशा राखेको दर्शाएका छन् ।
मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफुहरुको साथ सहयोग रहने जनाएका थिए ।
Advertisement
भेटघाटमा उम्मेदवारहरुले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफुहरुको समूहलाई जिताउन समेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले मतदाताहरुमा आफनो समूहलाई मन पराईरहेको देखिएको बताए ।
उद्योग वाणिज्य संघको यही भदौ २ गते नयाँ नेतृत्वका लागि निर्वाचन तय गरिएको छ । यस क्रममा नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूह मतदाताहरुसंगको भेटघाटलाई तिब्र बनाएको छ ।
टिप्पणीहरू