Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नारायणीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु

    १८ साउन, चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धार पछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    ऋाज बिहान ७ः४० बजेको समयमा नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको थियो । उपचारकै क्रममा बिहान ८ः३६ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    Advertisement

    नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो । महिलाको नाम, थर र ठेगाना खुलेको छैन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »