Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आगामी आ.व.को बजेट निर्माण गर्न प्रतापपुर गाउँपालिकाले स्थानियहरू संग माग्यो सुझाव

    संजय कुशवाहा
    २ असार, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि स्थानीयवासी सँग राय सुझाव संकलन तथा छलफल गरेको छ ।

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटबारे सरोकारवालाहरू सँग नीति कार्यक्रम तथा बजेट सम्बन्धि राय सुझाव लिएको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए ।

    Advertisement

    आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि प्रतापपुर गाउँपालिका भित्र रहेका दलिय प्रतिनिधी, अगुवा किसान, बुद्धिजीवी र शिक्षक, अगुवा किसान लगायतका प्रतिनिधिहरु सँग गाउँपालिकाले सुझाव लिएको हो ।

    राय सुझाव संकलन तथा छलफलमा गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने र गण्डक कमान्ड क्षेत्र भित्र हुने डुबान जस्ता समस्याको दीर्घकालीन उपायहरु निति तथा कार्यक्रममा ल्याउनु पर्ने राय सुझाव दिएका छन् ।

    Advertisement

    त्यसैगरी प्रतापपुर वडा न.२ का पुर्व वडाध्यक्ष इश्वरी चौधरीले जनताको चासो सहितको बजेट तथा निति कार्यक्रम समावेश गर्नुपर्ने, उत्पादन मुलक कार्यक्रमहरु समावेश हुनुपर्ने र आम नागरिकको राय सुझाव लिएर अघि बढ्न सुझाए ।

    युवा समाजसेवी युवराज मौर्यले मल खाद्यको अभावले केरा, उखु किसानमा निराशा छाउन लागेको हुदा मलखाद व्यवस्थापन र खेलकुदको बिकास तर्फ ध्यानदिनुपर्ने बताएका छन ।

    Advertisement

    शिक्षक घनश्याम यादव, रिन्कु कोइरी, माहादेव यादव, त्रिभुवन माध्यमिक बिधालयका प्रध्यानाध्यापक नारद ठाकुर, प्रतापपुर ८ का पुर्व वडाध्यक्ष कादिर अलि र बिरेन्द्र कोइरी लगायतले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता राखेर निति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव दिएका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले समुदायको अपेक्षा अनुसारका नीति तथा कार्यक्रम ल्याउनका लागि नै राय सुझाव संकलन एवं छलफल कार्यक्रम गरिएको बताए ।

    Advertisement

    कार्यक्रममा सहभागि सरोकारवालाहरुले कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, खानेपानी, सडक पूर्वाधार, समावेशीकरण, भ्रष्टचार निर्मुलीकरण, सञ्चार, वन, वातावरण, पर्यटन लगायतका क्षेत्रमा दीर्घकालिन प्रभाव पर्ने खालका योजनाहरु ल्याउन सुझाव दिएका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »