Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पौष्टकि तत्वले भरपिूर्ण सस्निोकाे यस्ता छन् औषधयि गुण

    सिस्नोलाई अङ्ग्नेजीमा नेटल भनेर चिनिन्छ । नेपालको मध्ये पहाडी क्षेत्र तथा उपत्यकामा पाइने यो वनस्पतिमा औषधीय गुणले भरीपूणर् छ ।

    यसलाई उमालेर पकाएर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा पकाएपछि ती तत्वहरू नास भएर जान्छन् । पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

    Advertisement

    यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समय देखि प्रचलित छ । यसमा २ सय ५५ सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम मानिन्छ । यो अति मुल्यवान गउडा चीजु’ र यार्गमा स्वादको लागि प्रयोग गरिन्छ ।

    सिस्नो खानुको यस्ता छन फइदाहरु :

    Advertisement

    १. सिस्नोमा प्रशस्त मात्रामा आइरन पाइने हुँदा महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।

    २. कपाल झर्ने समस्या, डन्डिफोर, दाद लगायत छालाका रोग निर्मूल पार्न समेत सिस्नो उपयोगी हुन्छ ।

    Advertisement

    ३. यसले पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ  साथै, अपचको समस्या समाधान गर्छ ।

    ४. हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा दुखाइ कम हुन्छ । यसको नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।

    Advertisement

    ५. यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूणर् भूमिका निर्वाह गर्छ ।

    ६. यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ। गाई भैंसीलाई सिस्नो खुवाउँदा निरोगी हुनुको साथै दूध बढी दिने गर्छ ।

    ७. सिस्नोको फूल र जरा कुखुरालाई खुवाएर अण्डा उत्पादनलाई बढाउन सकिन्छ ।

    ८. सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ ।

    ९. पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ ।

    १०. प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई राहत प्रदान गर्छ ।

    ११. पौष्टिक तत्वहरूः सिस्नोमा प्रोटीनको अधिक मात्रा हुन्छ जसले शरीरमा कपाल, नंग, शरीर, मांसपेशी जस्ता अंगहरूको विकासमा मद्दत पनि गर्छ । इस्पष्ट हुन सक्छ कि जसरी जसरी हाम्रो शरीरमा प्रोटीनको आवश्यकता बढ्दै जाँदछ, सिस्नोको महत्त्व पनि उत्तेजित हुँदै जाँदछ ।

    १२. ऊर्जा दायित्वः सिस्नोमा कार्बोहाइड्रेट र फाइबर पनि छन् जसले शरीरलाई ऊर्जा प्रदान गर्छन् र पाचन तंत्रलाई स्वस्थ बनाए राख्छन् ।

    १३. खनिज आवश्यकता पूरा गर्नेः सिस्नोमा भरिपूणर् मात्रामा विभिन्न खनिज जस्तै कैल्शियम, आयरन, फोस्फोरस, सोडियम आदि प्रचुर मात्रामा पाइन्छन् जसले शरीरको स्वस्थ राख्छन् ।

    – एजेन्सीहरूकाे सहयाेगमा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »