९ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज स्थित रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रको गेटमा विरोध प्रदर्शन भएको छ ।
अस्पताल व्यवस्थापन समितिले गोप्य रुपमा साधारणसभा तथा अबिधेशन गर्न लागेको भन्दै सचेत नागरिक समाजले गेटमा विरोध प्रदर्शन गरेको हो । १३ औं बार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन अस्पताल व्यवस्थापन समितिले शनिवार आयोजना गरेको थियो ।
Advertisement
अबैधानिक तरिकाले संचालन गरेको बार्षिक साधारणसभा मान्य नहुने भन्दै गेटमा विरोध प्रदर्शन गरिएको समाजसेवी डम्मर बिसीले बताए । विवादका कारण जिल्ला प्रशासन कार्यालय बाँकेमा केही दिन पहिले छलफल भई छानविन समिति बनेको थियो । छानविन समितिले प्रतिवेदन नबुझाउदै मनोमानी तरिकाले साधारणसभा गरेपछि विरोध प्रदर्शन गर्न बाध्य भएको विसीले जानकारी दिए ।
विधान विपरित कार्य गर्दै आएको व्रिनोजले मनोमानी ढंगले सदस्यता वितरण गर्नु र साधारणसभा पनि जानकारी नगराई गोप्य तरिकाले आयोजना गरेको हुनाले खुल्ला रुपमा आम जनताका बीच साधारणसभा गर्नुपर्ने माग गर्दै विरोध गरिएको उनले जानकारी गराए ।
Advertisement
अस्पताल कसैको व्यक्तिगत पेवा होईन यो जनताको लागि बनाईएको सार्वजनिक सम्पत्ती हो । यसको बिधिवत तरिकाले साधारणसभा गरेर पदाधिकारी चयन गर्नु पर्छ, बर्तमान समितिलाई भंग गर्नुपर्ने, कर्मचारीको हकहित र संरक्षण गर्नुपर्ने, अस्पतालको समग्र विकासको लागि नियमसंगत योग्य व्यक्तिलाई प्रतिनिधित्व हुने गरि कार्यसमिति बनाउनुपर्ने जस्ता मागहरु सम्बोधन गर्न तालाबन्दि समेत गरेको अस्पतालका पुर्वकार्यकारी प्रमुख पुरण थारुले बताए ।
संस्थाको बिधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, नबिकरणका लागि कागजी रुपमा साधारण सभा गर्दै आएको, स्थापनाकाल देखि हालसम्म एउटै कार्य समिति रहेको, संस्थामा साधारण सदस्यता कसैलाई नदिएको, बिधान बमोजिम कुनै पनि ऐन, नियमावलीहरु नबनाएको, संस्थाको नाममा रहेको एल्बुलेन्स संस्थाका अध्यक्षले चरम रुपमा व्यक्तिगत कामका लागि प्रयोग गरेको लगायतका बिषयलाई सुधारन्मुख गरि संस्थाको गरिमालाई जोगाउन अस्पताल विरुद्ध उत्रिएको अस्पतालका पुर्वकार्यकारी प्रमुख थारुले बताए ।
Advertisement
साधारणसभामा स्थानियवासीलाई समेत प्रवेशमा रोक लगाई मनोमानी ढंगले साधारणसभा गरेको मान्य नहुने भन्दै विरोध प्रदर्शन अझ चर्काउने थारुले चेतावनी दिए । विवाद चलेपछि साधारणसभा विरोधका विचमा पनि संचालन भएपनि अबिधेशन चाही हुन सकेन । यस विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विमल कुमार टण्डनले पुरण थारुले अस्पतालको बदनाम गर्न अनेक कार्य गर्दै आएको बताए । पुरण थारु सिओ आफै हुँदा अस्पताललाई व्यवस्थ् ितगर्न उहाँकै दायित्व रहेको उनले बताए ।
पुरणले आफ्नो दायित्व पुरा गर्न सक्नु भएन त्यसको विरुद्ध आफै लाग्नुभयो अध्यक्ष टण्डनले भने । पुरणलाई स्पष्टिकरण माग्दा नदिएपछि निलम्बित गर्यो पछि बाध्यतावस हटाउन बाध्य भएको अध्यक्ष टण्डनले बताए । साधारणसभा विथोल्नका लागि उनिहरुले गेटमा ताल्चा समेत लगाए पछि ताला खोल्न प्रशासन गुहारेको अध्यक्ष टण्डनले बताए । हामीले नियमसंगत अस्पतालको बचाउन गर्न बहुमतका साथ कार्य गर्दै आएको उनले बताए ।

















टिप्पणीहरू