Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मेयर तथा उपमेयर कप : फाल्कोन स्पोर्टस क्लब विजयी

    २५ माघ, बाँके । नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बिहिबार फाल्कोन स्पोर्टस क्लबले जित हासिल गरेको छ ।

    मंगलप्रसाद उच्च माविको खेल मैदानमा फाल्कोन स्पोर्टस क्लबले नेपालगञ्ज थन्डर ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालगञ्ज थन्डरले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १९ रन बनाएको थियो । नेपालगञ्ज थन्डरका लागि फिरोज हास्मीले सर्वाधिक ३४ रन बनाए । ओपनर राहुल कनोजियाले १५ रन तथा गुडु केवटले १२ रनको योगदान गरे ।

    Advertisement

    वलिङ तर्फ फाल्कोनका लागि सुनिल चौहानले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच सुनिलले ४ ओभरमा १२ रन दिएका थिए । यसैगरी फाल्कोनका सुमन गुरुङले २ विकेट लिन सफल भएका थिए ।

    जवाफमा फाल्कोनले १७.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । फाल्कोनका लागि नितेश विष्टले अविजित ३७ रनको योगदान गरे । उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । इमरान हलवाईले १७ रन, सुमन गुरुङले ११ रन र ओपनर राज कुमार थापाले १० रन बनाए ।

    Advertisement

    नेपालगञ्ज थन्डरका लागि मोहम्मद हुसेन खानले सर्वाधिक ३ विकेट, इमरान जरगरले २ विकेट लिन सफल भए ।

    यस्तै, महिला तर्फको खेलमा बालशिक्षा स्कुलले वाल्कओभर दिएको छ । बिहिबार मंगलप्रसाद मावि र बालशिक्षाको खेल हुने तालिका रहेको थियो ।
    प्रतियोगिता अन्तर्गत शुक्रबार पुरुष तर्फको खेलमा नेपालगन्ज-११ रकर्स विरुद्ध धारा मंगोलियन स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

    Advertisement

    यस्तै, महिला तर्फ नेपालगन्ज मोडेल एकेडेमी विरुद्ध त्रिभुवन स्कुलबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।

    बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगञ्ज उप-महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

    Advertisement

    प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

    प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »