१४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा दर्शकलाई नचाउन शनिवार तीन जना राष्ट्रिय कलाकारहरुले दमदार प्रस्तुति लिएर आउदैँछन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित डान्सर रुबिना अधिकारी, गायक चक्र बम, गायिका टिका सानु आउने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए । स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ ।
Advertisement
शुक्रबार भुवन खड्का, गायिका सिर्जना खत्री र गायक बसन्त लम्सालले दमदार प्रस्तुतिका साथ माहोल तताएका दर्शकलाई मनोरञ्जनका साथ नचाएका थिए । आज गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र प्रेरणा गिरीले आज कार्यक्रम संचालन गर्नेछन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्ने महोत्सवमा शनिवार देखि कुस्ती प्रतियोगिता शुरु हुदैँछ ।
Advertisement
महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आज देखि संचालन हुन लागेको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए ।
टिप्पणीहरू