Close sidebar
  • ताजा
  • लोकप्रिय
  • हिमालय मा.वि.का प्रधानाध्यापक र लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    १५ बैशाख, काठमाडौँ । झापाको दमक नगरपालिका–२ मा रहेको श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगल भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्य विरुद्ध ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो मागदाबी गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

    Advertisement

    उनीहरूले नमूना विद्यालय भवन निर्माण गर्दा मूल्याङ्कनभन्दा धेरैको झुटा बिल भर्पाई बनाई भुक्तानी दिएको–लिएको तथा विद्यालयको नगद रकम व्यक्तिगत प्रयोग गरी हिनामिना, हानि/नोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असूल हुन मागदाबी सहित बिशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »