Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो’ : १२ दिनमै १० लाख पार

    २९ चैत्र, काठमाडौँ । ‘सधैं साथमा तिम्रो’ बोलको म्युजिक बोलको म्युजिक भिडियोलाई १२ दिनमा १० लाख बढी दर्शक स्रोताले हेरेका छन् । भिडियोमा करिब १३ हजारभन्दा बढी लाइक्स र १५० भन्दा बढी सकारात्मक प्रतिक्रिया आएका छन्।

    अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल अभिनित यो रोमान्टिक शैलीको म्युजिक भिडियोमा सुरेश बस्नेतको एकल स्वर रहेको छ। गीत गोविन पुनको शब्द तथा संगीतमा तयार भएको हो भने संगीत संयोजन दिनेश श्रेष्ठले गरेका छन्।

    Advertisement

    ‘दुई मुटु, एक यात्रा’ भन्ने अवधारणामा निर्माण गरिएको यस म्युजिक भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ।

    भिडियोमा सुरेश र रेहाले नै श्रीमान–श्रीमतीको भूमिकामा अभिनय गरेका छन्। उनीहरूको आफ्नै वास्तविक प्रेम कथामा आधारित भएर भिडियो निर्माण गरिएको बताइएको छ। विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको यस भिडियोमा साहिल खानको सम्पादन तथा प्रविण श्रेष्ठको पटकथा रहेको छ।

    Advertisement

    छायांकनतर्फ अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्यान्डमा यूरिका फिल्म्स प्रा.लि. र अमेरिकामा पशुपति बस्याललगायतको टिमले काम गरेको छ।

    उच्च लागतमा निर्माण गरिएको यस भिडियोबारे सुरेश बस्नेतले भने, “यो प्रोजेक्ट हामीले आर्थिक लाभका लागि होइन, गीत–संगीतप्रतिको लगावका कारण दर्शकमाझ ल्याएका हौं।” उनले यस गीतको फिमेल भर्सन पनि छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन्।

    Advertisement

    डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ (भिडियो)

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »