१५ चैत्र, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालत लगिँदै छ ।
शनिबार बिहान पक्राउ परेका दुवै नेतालाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।
Advertisement
गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर्याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।


















टिप्पणीहरू