२१ माघ, बाँके । विश्व क्यान्सर दिवसको अवसरमा नेपालगञ्जमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच र प्याप स्मेयर परीक्षण गरिएको छ ।
‘सानो जाँच ठूलो सूरक्षा’ मुलमन्त्रका साथ श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डल नेपालगञ्जले आयोजना गरेको शिविरमा २१ देखि ६५ वर्ष समूहका विवाहित महिलाहरुको सर्वाइकल क्यान्सर परिक्षण गरिएको हो ।
Advertisement
एचसिआरसी हस्पिटल नेपालगञ्जको सहकार्यमा आयोजना गरिएको उक्त शिविरमा ६८ जना महिलाहरुको स्वास्थ्य परिक्षरण गरिएको संस्थाकी अध्यक्ष निशा सेठियाले जानकारी गराइन ।
अस्पताल व्यवस्थापक विनिता खत्री अनुसार प्रजनन रोग विशेषज्ञ मञ्जु बिसि शाहको नेतृत्वमा ६८ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच र प्याप स्मेयर परीक्षण गरिएको हो । उनले श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डल संगको सहकार्यमा गरिएको शिविरका विषयमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहकार्यको अपेक्षा गरिन् ।
Advertisement
प्रजनन रोग विशेषज्ञ शाहको अनुसार पुरुषहरु भन्दा महिलारुमा बढी क्यान्सर देखिने गरेको छ । जसमा सबैभन्दा बढी स्तन क्यान्सर र त्यस पछि पाठेघरको क्यान्सर देखिने गरेको छ । उनको अनुसार बाँके जिल्लामै सबैभन्दा बढी क्यान्सर रहेको छ । उनले भनिन्, ‘सचेतनाका लागि हामीले धेरै बाँके र बर्दियाका विभिन्न वडाहरुमा कार्यक्रम गर्यौ, जसमा अत्याधिक क्यान्सर भेटिएको छ । त्यस कारण आजको शिविर आयोजना गर्नु पुण्यको काम हो ।’
उनले विवाह भएको तीन वर्ष पछि प्रत्येक महिलाहरुले वर्षमा एक पटक अनिवार्य रुपमा प्याप स्मेयर परिक्षण गर्नुपर्ने सुझाइन ।
Advertisement
यस्तै, के एल दुगड ग्रुप क्षेत्रीय महाप्रबन्धक प्रदीप छाजेडले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै महिलामा हुन सक्ने सर्वाइकल क्यान्सरलाई समयमै जाँच गरी त्यसबाट बच्न अनुरोध गरेका छन् । उनले लक्ष्यणहरुलाई सामान्य रुपमा नलिएर समयमै चिकित्सकहरु सल्लाह लिएर जाँच गर्नु पर्ने जोड दिएका थिए ।
श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डलले यस अघि पनि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै महिलाहरुलाई जागरुक बनाउदै आएको छ । महिलाहरुको सशक्तिकरण, भौतिक तथा आर्थिक सहयोग समेतको पक्षमा उभिएर काम तथा कार्यक्रमहरु गर्दै आएको छ ।



















टिप्पणीहरू