Close sidebar
  • ताजा
  • लोकप्रिय
  • डिजेल र मट्टितेको मूल्य बढ्यो

    १८ माघ, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेको मूल्य बढाएको हो ।

    निगम सञ्चालक समितिको बैठकले गए मध्यरात देखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजन सँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ३९ रुपैयाँ कायम भएको छ ।

    Advertisement

    निगमले हवाई इन्धन (आन्तरिक र अन्तरराष्ट्रिय तर्फ) को मूल्य भने घटाएको छ । आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ र अन्तरराष्ट्रिय तर्फ काठमाडौँमा प्रति किलोलिटर अमेरिकी डलर सात घटाइएको छ । मूल्य घटेसँगै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तरराष्ट्रिय तर्फ प्रतिकिलोलिटर अमेरिकी ९६६ पुगेको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट शनिवार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर शून्य दशमलव १२ पैसा, डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ४५ रुपैयाँ ४९ पैसा बढेर आएको तथा हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ०८ पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »