Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचन ३८ दिन बाँकीः एक मतदान केन्द्रमा ९ जना कर्मचारी खटाइने

    १२ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ९ जना खटाउने गरी कर्मचारी व्यवस्थापन गरिरहेको छ ।

    ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवकसहित नौ कर्मचारी खटाउने आयोगले जनाएको छ ।

    Advertisement

    यस्तै, ५०० सम्म मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित आठ जना कर्मचारी खटाइने छ ।

    अस्थायी मतदान केन्द्रका लागि भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवक सहित पाँच जना कर्मचारी खटाइने छ ।

    Advertisement

    अहिले देशभर २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनका लागि अब ३८ दिन मात्र बाँकी छ । थाहा खबर/नाईल खबरबाट थप

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    114

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »