११ माघ, काठमाडौँ । राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १७ पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने र यसका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले जानकारी दिए ।
Advertisement
कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान केन्द्र निर्धारण गरिएको हो ।


















टिप्पणीहरू