Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज वसन्तपञ्चमी: सरस्वतीको आराधना गरी मनाइँदै

    ९ माघ, काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।

    यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन्‌ । यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।

    Advertisement

    यस दिन विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिन्छ । यो पूजा नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् ।

    यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ ।

    Advertisement

    प्राचीन भारतवर्षमा प्रसिद्ध वेदाङ्ग ज्योतिष अनुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ अयन, एक अयनमा ३ ऋतु, एक ऋतुमा २ महिना, एक महिनामा २ पक्ष र एकमा १५ दिन हुने र एक दिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ । वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् । वसन्त सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ऋृतु हो । जब फूलहरूमा बहार हो, जौ र गहूँका बालीहरू लहलहाउँछ । आँप आदीका रुखहरूबाट नयाँ पालुवा पलाउँछ । पुष्पबाट सुगन्ध फैलिन्छन् र चारैतिर रंग–बिरंगी पुतलीहरू उड्नथाल्छन । कोकिल कुहु कुहु गर्दछन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    79

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »