१७ पुष, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराति १२ बजेदेखि लागूहुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर पाँच रुपैयाँ घटेको निगमले जनाएको छ ।
अब पेट्रोलको पहिलो वर्गका लागि प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५९ रुपैयाँ तोकिएको छ ।
Advertisement
यस्तै डिजेल र मट्टीतेलको पहिलो वर्गका लागि प्रतिलिटर १ सय ३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ३६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ३७ रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्ग, सुर्खेत र दाङलाई दोस्रो वर्ग र काठमाडाँै, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
Advertisement
हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको निगमले जनाएको छ ।
तर, एलपी ग्याँसमा भने प्रतिसिलिण्डर रू. १ सय ३५ ले बढेर आएको निगमको भनाइ छ ।





















टिप्पणीहरू