Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    १२ कार्तिक, काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइ सकेपछि विपक्षीहरूका नाममा कारण देखाऊ आदेश मात्रै दिएको हो ।

    Advertisement

    पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दावीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    इजलासले रिट निवदेनको माग बमोजिम किन आदेश जारी गर्नु नपर्ने हो ? त्यसको कानुनी आधार र कारण खुलाएर सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »