२८ असोज, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परे कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।
प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै हालै विभिन्न जिल्ला तथा क्षेत्रहरुमा केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारी प्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
Advertisement
प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले जानकारी दिए ।
त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्ति मार्फत् अनुरोध गरेका छन् ।
टिप्पणीहरू