Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मनसुन क्रमशः कमजोर बन्दै

    २३ असोज, काठमाडौँ । पश्चिमी क्षेत्रबाट बाहिरिसकेको मनसुन अरू क्षेत्रमा पनि क्रमशः कमजोर बन्दै गएको छ । अहिले पूर्वी र मध्य क्षेत्रमा मनसुनी वायुको प्रभाव कमजोर छ ।

    मनसुन बाहिरिसकेको सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भागका धेरै र गण्डकीका पश्चिमी भेगका केही ठाउँमा पश्चिमीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    Advertisement

    आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ ।

    देशका पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »