Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आशिर्वादको ‘मोहनी लगायो कान्छीले’ मा आश्मा

    २९ माघ, काठमाडौँ । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ ।

    प्रेम र आकर्षणको भाव बुनिएको यस गीतलाई गायक सुवेदीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। बसन्त स्वयं संगीतकारका रूपमा स्थापित नाम हुन् र यस गीतमा पनि उनले सरल तर आकर्षक शब्दमार्फत प्रेमको अनुभूति पस्केका छन्। संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्।

    Advertisement

    उत्तम हुमागाईंले छायांकन गरेको भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको क्युट केमेस्ट्री देख्न सकिन्छ। म्युजिक भिडियोको निर्देशन हरि हुमागाईंले गरेका हुन्।

    पप–लोक शैलीको यो गीतमा प्रेमीले आफ्नो प्रेमिकाको रूप र स्वभावले आफू मन्त्रमुग्ध भएको कथा पस्किएको छ। सार्वजनिक हुनासाथ सकारात्मक प्रतिक्रिया पाइरहेको यो भिडियोले टिकटक र युट्युबमा राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ।

    Advertisement

    भिडियो लिंकः

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »