Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एक लाख मुल्य बराबरको अबैध समान बरामद

    १० असोज, सप्तरी । सप्तरीमा प्रहरीले एक लाख मुल्य बराबरको अबैध समान बरामद गरेको छ । जिल्लाको बलान विहुल गाउँपालिका-२ सेहरा चौक स्थित भारतबाट अवैध रुपमा ल्याउँदै गरेको लताकपडा र किराना समान प्रहरीले नियन्त्रणमा लिएको हो।

    प्रहरी चौकी मलहनियाबाट खटिएको टोलीले बलान विहुल गाउँपालिका-२ सेहरा चौकबाट करीब १ लाख मुल्य बराबरको अवैध लत्ताकपडा र किराना सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ।

    Advertisement

    प्रहरी गस्ती टोलिलाई तस्करले देख्नासाथ समान छाडी फरार भएको प्रहरीले जनाएको छ। बरामद भएको सामान आबश्यक कार्वाही प्रक्रियाको लागी जिल्ला प्रहरी कार्यालय सप्तरी बुझाइएको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »