Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कार्की क्याविनेटका तीन मन्त्री खनाल, घिसिङ र अर्यालले शपथ लिँदै

    ३० भदौ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन सदस्य थपेकी छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार राष्ट्रपतिले पौडेलले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र अधिवक्ता ओमप्रकाश अर्याललाई कानुन र गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।

    Advertisement

    आन्दोलनकारी जेन–जीसँगको परामर्शपछि उनीहरूको नाम टुंगो लागेको बुझिएको छ ।

    तीन मन्त्रीले आज शपथ ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    Advertisement

    तीनै जनालाई आफ्नो मन्त्रिपरिषद्मा राख्न कार्कीले आवश्यक सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकेकी छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »