Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    १ चैत्र, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय हुने बुझिएको छ ।

    Advertisement

    बैठकमा निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरू मध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गर्ने विषयमा छलफल र निर्णय हुनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »