Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ

    २९ भदौ, काभ्रे । बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित आठ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरीले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »