३ भदौ, बाँके । एपिवन टेलिभिजनबाट प्रसारण भईरहेको रियालिटी शो ‘एक्टिंग स्टार’ को टप टेनमा पर्न सफल भएकी नविना रानाभाटलाई नेपालगञ्जमा भब्य स्वागत गरिएको छ ।
Advertisement
नेपालगञ्जकी चेली नविनाले ४ सय बढी प्रतिस्पर्धीलाई पछार्दै आफ्नो अभिनयको उत्कृष्ट छाप छोडेर अगाडि बढेकी उनको लागि मिडिया क्याम्पेन समेत गरिएको छ ।
नविनालाई ‘एक्टिंग स्टार’ को उपाधि दिलाउने उद्देश्यले नेपालगञ्ज ग्यालरीको आयोजनामा मिडिया क्याम्पेन गरिएको हो ।
Advertisement
नविनाले क्याम्पेनमा कलाकारितालाई नै अब आफ्नो लक्ष्य ठानेर अघि बढ्ने बताएकी छन् । उनले अबका इपिसोडमा अझै उत्कृष्ट र दमदार प्रस्तुति दिने गरी तयारीमा रहेको बताइन ।
Advertisement
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले पश्चिम नेपालकी छोरी ठानेर रियालिटी शो ‘एक्टिंग स्टार’ को उपाधि दिलाउने आवश्यकतालाई औंल्याउदै नविनालाई जिताउनका लागि भोट गर्न सबैलाई आह्वान गरेकी छन् ।
यस्तै, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पर्याप्त भोटको अभावमा उत्कृष्ट प्रतिभा पनि पुग्न नसक्ने अवस्था आउन सक्ने हुनले भोट गर्न कञ्जुस्याँई गर्न नहुने बताएका छन् ।
Advertisement
नविना नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट र निशा रानाभाटकी छोरी हुन ।
टिप्पणीहरू