Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रियसभाको बैठक बस्दै

    फाइल तस्बिर

    ३ भदौ, काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ ।

    बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

    Advertisement

    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति माया प्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभा समक्ष पेस गर्ने छन् ।

    यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »