Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जमुनाहाबाट सशस्त्र प्रहरीको नाककै अगाडिबाट सुर्तीजन्य पदार्थको तस्करी

    २७ साउन, बाँके । भारतसँग जोडिएको पश्चिम नेपालको अति व्यस्त रह्‌ने नेपालगञ्ज नाकाबाट सहजै रुपमा सामान तस्करी हुने गरेको छ ।

    बाँकेको नेपालगञ्ज स्थित जमुनाहा नाकाबाट सशस्त्र प्रहरी कै अगाडिबाट सुर्तीजन्य पदार्थको तस्करी भईरहेको छ ।

    Advertisement

    घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट सामान ल्याउने र सामान भित्रपनि भारी मात्रामा सुर्तीजन्य पदार्थ लुकाएर ल्याउने गरिएको पाइएको हो ।

    पेयपदार्थ लगायतका अवैध सामानहरुमा सशस्त्र प्रहरीले कडाईका साथ चेकजाँच गर्दै आएपनि सुर्तीजन्य धमाधम भित्रिएका छन् ।

    Advertisement

    यसरी नाका हुँदै भित्रिने सुर्तीजन्य पदार्थहरु नेपालगञ्जका पसलहरुमा पुग्ने गरेको छ । र ती सामानहरु व्यापार मार्फत उपभोक्ताहरुको हातमा पुग्दै छ ।
    स्रोतका अनुसार ड्युटीमा खटिएका प्रहरी संग सेटिङ मिलाएर अवैध रुपमा भित्रिएका सामान ‘वैधता’ पाउने गरेको हो ।

    सोमबार जमुनाहाको यात्रु शाखाका असई पदम खड्काको कमाण्डमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले इसारा दिएर पठाएका यात्रुका साथमा सुर्तीजन्य पदार्थ फेला परेको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    4

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »