Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चलचित्र ‘महाभोज’ को टिम नेपालगञ्जमा

    ४ असार, बाँके । नेपाली चलचित्र ‘महाभोज’ को टिमले आज नेपालगञ्जमा सक्षात्कार गरेको छ । यहि शुक्रबार रिलिज भएको चलचित्र ‘महाभोज’ का तथा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता आर्यन सिग्देल सहितको टिमले नेपालगञ्जमा एक कार्यक्रम बीच पत्रकार संग भेटघाट गरेका हुन ।

    सहकारी ठगी जस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको यस चलचित्रले यतिबेला व्यापक प्रशंसा बटुलिरहेको छ ।

    Advertisement

    उक्त चलचित्रको टोलिले समाजका प्रतिष्ठित व्यक्तिहरू, पत्रकारहरू, र केही सहकारी पीडितहरू पनि सहभागी रहेको र विशेष गरी सहकारी पीडितहरूले यो चलचित्र सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया पाएको बताएको छ ।

    यतिबेला चलचित्र हेर्न पुगेका दर्शकले यो चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताएका छन् । चलचित्रले मनोरञ्जनका साथै आम नेपालीलाई ठुलो चेतना समेत दिएको छ ।

    Advertisement

    दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    यसअघि जेठ १५ मा प्रदर्शन गर्ने भनिएको फिल्म विभिन्न आन्दोलनले गर्दा स्थगन गरिएको थियो । सहकारी पीडितको कथा समावेश गरिएको यो फिल्म जेठ ३० बाट देशभर प्रदर्शनमा आएको हो ।

    Advertisement

     

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »